नेपाल अमेरिकासँग पराजित
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक १० गते ।
धराने मिडिया : नेपाली क़्रेकेट टोली अमेरिकासँग पराजित भएको छ।
आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनको बिशाल अन्तरले पराजित भएको हो।
खेलमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।
नेपालले यो पहिलो खेलमा अमेरिकासँग खेलेको हो। नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ।
८ टोली सहभागी लिग-२ को अंकतालिकामा नेपाल सातौँ स्थानमा छ।



















