कांग्रेसमा झुसिल किरावाट पुतली भएजस्तो रुपान्तरण आवश्यक

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १२ गते।

धराने मिडिया : नेपाली कांग्रेसमा महाधिवेशन र रुपान्तरणको विषय उठिरहेको वेला सुनसरी क्षेत्र नं. १ को धरानमा भएको समसामयिक छलफल कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले पूर्ण रुपान्तरण हुनुपर्ने कुरालाई विशेष जोड दिएका छन् ।

उनीहरुले पार्टीमा नेतृत्व परिवर्तन गर्दा सर्पले कांचुली फेरेजस्तो मात्र रुपान्तरण हुने भन्दै त्यस्तो रुपान्तरण नभएर झुसिल किरावाट पुतली भएजस्तो गरी पूर्ण रुपमा रुपान्तरण आवशयक रहेको बताएका छन् ।

WhatsApp Image 2025-10-29 at 8.39.03 PM (1)

उनीहरुका अनुसार पार्टीको विधान, संरचना, नीति, कार्यक्रम र मूल्य मान्यतामा समयसापेक्ष व्यापक रुपान्तरण हुनुपर्ने ठहर गर्नुका साथै रुपान्तरणका लागि मंसिर मसान्तभित्रै नियमित अर्थात १५औं महाधिवेशन गर्नुपर्ने अन्यथा विशेष महाधिवेशन नै गरेर भएपनि रुपान्तरणको विषयलाई संवोधन गर्नुपर्नेमा जोड दिईएको छ ।

त्यसैगरी पार्टीको हरेक तहमा यूवा पुस्ताको सहभागितालाई सुनिश्चित गर्न विधानमा नै निश्चित आरक्षणको व्यवस्था गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मीनबहादुर विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।

उनले छलफलमा उठेका विचार, राय र सुझावहरु सान्दर्भिक र स्वागत योग्य रहेको भन्दै केन्द्रीय समितिको बैठकवाट संवोधन गर्नेगरी पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

WhatsApp Image 2025-10-29 at 8.39.03 PM

संवोधनका क्रममा उनले जेनजीको प्रर्दशन र त्यसपछिको उत्पन्न असहज परिस्थितिमा पार्टीले निर्वाह गर्दै गरेको राजनीतिक भूमिकाबारे अवगत गराउंदै मुलुकलाई संवैधानिक वाटोमा ल्याउन निर्वाचनको विकल्प नभएको जिकिर गरेका छन् ।

निर्वाचनले महाधिवेशनलाई र महाधिवेशनले निर्वाचनलाई असर नगर्ने गरी महाधिवेशनको कार्यतालिका निर्माण गर्न केन्द्रीय समितिले गृहकार्य गरिरहेको समेत बताएका छन् ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, कोशी प्रदृश महामन्त्री उमेश थापा, कोशी प्रदेश सदस्य किशोर राई, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, महासमिति सदस्य जगतबहादुर कार्की, स्थानीय संसदीय दलका नेता तथा धरान नगर उपसभापति नरेन्द्रकुमार राई (प्रविन), प्रजातान्त्रिक विचार समाजका कोशी प्रदेश अध्यक्ष डा. जीवनकुमार राई, नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(१) सचिव युवराज शंकर, नेपाल विद्यार्थी संघ महेन्द्र वहुमुखि क्याम्पस, धरानका इकाई सभापति विनोद आले मगर लगायतले आप्mनो विचार राखेका थिए ।

WhatsApp Image 2025-10-29 at 8.39.03 PM (1)

छलफलले मतदाता नामवली अद्यावधिक गर्न तथा गराउन, कार्यकर्ताहरुको मनोवल बढाउन तथा संगठनलाई गतिशील बनाउन र तोडफोड भएको धरानस्थित पार्टी कार्यालयको पुननिर्माण गर्न वडावडामा गई क्षेत्रीय प्रतिनिधि र स्थानीय नेताहरुसंग भेटघाट र पार्टीका भातृ एवम् शुभेच्छुक संघ संस्थासंग अन्तरक्रिया गर्ने समेत निर्णय गरेको छ ।

WhatsApp Image 2025-10-29 at 8.39.03 PM

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेशसभा १(२) सभापति मुरारीप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि राजु साह, जिल्ला सदस्यद्धय विजय चौधरी र निर्मला नेपाल, प्रजातन्त्रवादी प्राध्यापक संघ, महेन्द्र बहुमुखि क्याम्पसका अध्यक्ष यमनाथ वराल, क्षेत्रीय सल्लाहकारहरु प्रेमप्रसाद पौडेल, राजकुमार भुजेल र निर्मला गुरुङ, प्रदेशसभा १(१) सचिव राजेन्द्र राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १(१) सहसचिव हरि ओझा, नेविसंघ केन्द्रीय सदस्य संगिता वाहिङ राई, नगर कोषाध्यक्ष पञ्चकला राई, नेपाल महिला संघ जिल्ला सदस्य कोपिला भट्टराई, वडा सभापतिहरु पनुलाल धामी, सुवर्णमोहन पलिखे र कुमार देवान, प्रदेश सचिव वेनजामिन थापा, प्रदेशसभा १(१) सदस्य लक्ष्मण लिम्वु, क्षेत्रीय प्रतिनिधि देवी प्रसाद दाहाल, पूर्व क्षेत्रीय सदस्य नवराज शाही, वडा सदस्य भिम योञ्जन लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-10-29 at 8.39.03 PM (1)