डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानहरूमा थप १० प्रतिशतले कर बढाउने योजना
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक १३ गते।
धराने मिडिया : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानहरूमा थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन्।
उनले बिहीबार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्कीसमेत दिएका छन्।
यो घटना अमेरिका र क्यानडाबीच चलिरहेको व्यापार वार्ता र सम्बन्धमा थप तनाव उत्पन्न हुने सङ्केत हो।



















