दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक १९ गते ।
धराने मिडिया : बुधबार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तोकिएको छ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको बसेको १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगितन नहुने निश्चित भएको थियो ।नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।



















