पोखरा रंगशालामा 'क्रिकेटका लागि नेपथ्य'

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक २३ गते ।

धराने मिडिया : शुक्रबार साँझ पोखरा रंगशालामा नेपाल प्रिमियर लिग (NPL) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले सांगीतिक ब्यान्ड नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो।

"क्रिकेटका लागि नेपथ्य" नाराका साथ आयोजित यो कार्यक्रममा नेपथ्यले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए।

कन्सर्टमा १० हजार बढिको दर्शकको सहभागिता थियो भने ७ हजार ८ सय जर्सी बिक्री भएको आयोजक समितिले जनाएको छ।

साँझ ६ बजे सुरु भएको कन्सर्ट करिब ढाई घण्टासम्म चल्यो, जसमा ‘ओ राम राम’ गीतबाट प्रारम्भ गर्दै ‘रेसम’, ‘भेडाको उनजस्तो’, ‘जोगले हुन्छ भेट’, ‘तालको पानी’, ‘यो जिन्दगीमा’, ‘सिरानमा फोटो छ’ र ‘मै नाचे छमछमती’ लगायत दर्जनौँ गीतले दर्शकलाई मन्त्रमुग्ध बनाए।

Pokhara StadiumConcert (2)

कन्सर्टको प्रवेशका लागि टिकट नराखी, दर्शकलाई पोखरा एभेन्जर्सको जर्सी खरिद गरेपछि प्रवेश दिने योजना बनाइएको थियो । पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ ।

मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ ।

Nepathya (2)Concert