कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २९ गते ।
धराने मिडिया : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन्।
सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन्।
जेनजी सरकार बनेपछि तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले पहिलो पटक आफ्नो सार्वजनिक पदमा रहँदाको सम्पत्ति विवरण बुझाएका हुन् । उनको सम्पत्ति के कति छ भन्ने विवरण सार्वजनिक हुन बाँकी छ ।



















