टाईम्स, ईटहरी इग्नाइट, यलम्बर र गाेल्डेनगेट विजयी

समाचारदाता : सुर्य कुमार सुनुवार

२०८२ कार्तिक २९ गते ।

धराने मिडिया : प्रथम आत्मरञ्जन रनिङ कप २०८२ काे पहिलाे दिनकाे खेलमा टाईम्स, ईटहरी इग्नाइट, यलम्बर र गाेल्डेनगेट विजयी भएका छन् । 

टाईम्स क्लब काठमाण्डाैले युवा जागृति क्लब धरानलाई १०९-६६ स्काेरले पराजित गरेको हो। टाईम्स क्लबले प्रत्येक क्वाटरमा २५/२५/३१/२८ स्काेर गर्दा युवा जागृति क्लबले भने १०/१३/२६/१७ स्काेर मात्र गर्न सफल भएको थियो।

खेलमा ३३ व्यक्तिगत स्काेर गरेका टाईम्स क्लबका पेम्बा शेर्पा रेडबुल म्यान अफ द म्याच घाेषित भई गिफ्ट ह्याम्पर प्राप्त गरे ।

WhatsApp Image 2025-11-15 at 1.00.24 PM

त्यस्तै दाेस्राे प्रतिस्प्रर्धात्मक खेलमा ईटहरी इग्नाइट क्लबले टाेखा बास्केटबल क्लबलाई झिनाे अन्तरले पराजित गरेको थियो। ईटहरीले १७/२०/१४/१९ गरि ७० स्काेर गर्दा टाेखाले १२/१२/२३/१९ गरि ६६ स्काेर मात्र गरेको थियो। खेलका रेडबुल म्यान अफ द म्याच ईटहरी इग्नाइटका रियाज खड्का हुँदै गिफ्ट ह्याम्पर प्राप्त गरे । उनले व्यक्तिगत ३४ स्काेर गरेका थिए ।

तेस्राे खेलमा यलम्बर क्लबले मिराकल क्लबलाई हराउदै प्रतियोगितामा आफ्नाे यात्रा शुरु गरेकाे छ ।

यलम्बर क्लबले प्रत्येक क्वाटरमा १०/१७/१६/२६ गर्दै ७० स्काेर गर्दा मिराकल क्लबले ११/१५/१४/१० गरी ७० स्काेर गरेको थियो। खेलकाे रेडबुल म्या अफ द म्याच यलम्बर क्लबका मनिष तामाङ भए । उनले व्यक्तिगत १९ स्काेर गरेका थिए ।

WhatsApp Image 2025-11-15 at 1.02.32 PM

चाैथाे खेलमा आयाेजक ब्रदर्स क्लबलाई ६६ का विरुद्ध ७५ स्काेर गर्दै गाेल्डेन गेट कलेट विजयी भएको थियो। खेलकाे तीन क्वाटरसम्म कडा टक्कर दिएकाे आयाेजक टाेली अन्तिम ३ मिनेट खेलमा बनिरहन नसक्दा खेल  हार्न पुगेकाे थियाे ।

आयाेजक टाेलीले १४/१४/२५/१३ गरि ६६ स्काेर गर्दा गाेल्डेन गेटले १२/२८/१४/२१ गरि ७५ स्काेर गरेको थियो। खेलका रेडबुल म्यान अफ द म्याच गाेल्डेन गेट कलेजका निकेश मगर घाेषित भएका थिए। उनले २० व्यक्तिगत स्काेर गरेका थिए ।

दाेस्राे दिनकाे सेमिफाईनल खेलहरू गाेल्डेन गेट कलेजका विरुद्ध ईटहरी इग्नाइट दिनकाे ४ बजे र टाईम्स क्लबका विरुद्ध यलम्बर क्लब साझ ६ बजे हराईजन खेल मैदान धरान १७ मा हुनेछ ।

WhatsApp Image 2025-11-15 at 1.02.31 PM (1)

आत्मरञ्जनद्वारा आयाेजित यस प्रतियाेगितामा धरान, ईटहरी लगायत काठमाण्डाै उपत्यकाका गरि ८ टाेलीकाे सहभागिता रहेकाे थियाे ।

यस प्रतियाेगिताकाे विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन ।

प्रतियाेगितामा मनाेरञ्जनात्मक हाफ काेर्ट सट, ३ पाईन्ट कन्टेस्ट, सांगीतिक र सास्कृतिक कार्यक्रमहरु पनि रहेकाे छ ।

WhatsApp Image 2025-11-15 at 1.02.27 PMWhatsApp Image 2025-11-15 at 1.02.31 PMWhatsApp Image 2025-11-15 at 1.02.30 PM