गाेल्डेन गेट र टाईम्स उपाधि हाेडमा
समाचारदाता : सुर्य कुमार सुनुवार
२०८२ कार्तिक ३० गते ।
धराने मिडिया : प्रथम आत्मरञ्जन कपकाे दुई सेमिफाईनल खेलमा गाेल्डेन गेट र टाइम्स क्लब विजयी भएका छन् ।
गाेल्डेन गेटले इग्नाईट क्लब इटहरीलाई ४३ का विरुद्ध ८१ स्काेर गर्दै फाईनलमा आफ्नाे स्थान पक्का गरेकाे हाे । गाेल्डेन गेटले प्रत्येक क्वाटर २४/२९/१०/१८ स्काेर गर्दा इग्नाईट क्लबले ०८/११/१४/१० स्काेर मात्र गर्न सफल भएको थियो।
गाेल्डेन गेटले खेल अवधिभर आफ्नाे पकडमा राखेकाे थियाे । खेलमा व्यक्तिगत ११ स्काेर गरि टिमलाई विजयी बनाउन सफल गाेल्डेनगेटका प्रज्वल महर्जन रेडबुल म्यान अफ द म्याच घाेषित भए । उनलाई रेडबुल गिफ्ट ह्याम्परेडबुलका धरान ईन्चार्जले प्रदान गरेका थिए ।


त्यस्तै दाेस्राे सेमिफाइनल खेलमा टाईम्स क्लबले यलम्बर क्लबलाई ५३ का विरुद्ध ८६ स्काेर गर्दै पराजित गरेकाे थियाे । टाईम्स क्लबले प्रत्येक क्वाटरमा ३०/१७/१८/२१ स्काेर गर्दा यलम्बर क्लबले ०४/२१/१८/१० स्काेर गरेको थियो।
पहिलाे क्वाटरमा फराकिलाे अन्तर बनाएकाे टाईम्सलाई दाेस्राे क्वाटरमा भने यलम्बर क्लबले पुनरागमन गर्दै खेलमा फर्कने संकेत गर्दै तेश्राे क्वाटर लुवै टाेलीले बराबर १८-१८ स्काेर गरेका थिए तर अन्तिम क्वाटर खेल आफ्नाे पार्दै विजयी भएकाे थियाे ।
खेलमा व्यक्तिगत २१ स्काेर गरेका टाईम्सका मनिष के.सी. रेडबुल म्या अफ द म्याच घाेषित भए । उनले रेडबुल गिफ्ट ह्याम्पर प्राप्त गरे ।

फाईनल खेल कार्तिक ३० गते साझ ४ बजेबाट समाराेह शुरु हुनेछ । स्थानिय कलाकार हरुकाे सांगीतिक प्रस्तुतीहरु साथै मनाेरञ्जनात्म खेल प्रतियाेगिताहरुका साथमा गाेल्डेन गेटका विरुद्ध टाईम्स क्लब बिच फाईनल खेल हुनेछ ।
आत्मरञ्जनद्वारा आयाेजित यस प्रतियाेगितामा धरान, ईटहरी लगायत काठमाण्डाै उपत्यकाका गरि ८ टाेलीकाे सहभागिता रहेकाे थियाे । यस प्रतियाेगिताकाे विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन ।




















