भोलिबाट धरानमा सातौं डि.आइ.जि.पी रनिङ कप फुटबल प्रतियोगिता सुरु हुदैँ
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०८ गते ।
धराने मिडिया : नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तर विद्यालय डि.आइ.जि.पी रनिङ फुटबल प्रतियोगिता २०८२ भोलिबाट सुरु हुने भएको छ।
डि.आइ.जि.पी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले बताए ।
प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुनेछन् । सहभागी विद्यालयहरूमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, डिपोट सेकेण्डरी स्कुल, सैनिक आवासीय महाविद्यालय, माउन्ट हर्मन एकेडेमी, सिद्धार्थ सेकेण्डरी स्कुल, निधी सेकेण्डरी स्कुल, दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर, वाल्मिकी एजुकेशन फाउण्डेसन बिर्तामोड, आदर्श इङ्लिस स्कुल कानेपोखरी, सफल सिद्धार्थ एकेडेमी सुन्दरहैचा, पिनाकल ज्ञान मन्दिर कानेपोखरी, बाल्मिकी मेमोरियल बोर्डिङ स्कुल पथरीशनिश्चरे, ज्ञानोदय माध्यमिक विद्यालय धरान, भरौल विद्या मन्दिर बराहक्षेत्र, नेपाल पुलिस स्कुल धरान (ब्लु) र नेपाल पुलिस स्कुल धरान (रेड) रहेका छन्।

प्रतियोगिता पुस ९ देखि १९ गतेसम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैया प्राप्त गर्नेछ ।
यसैगरि ः
- प्लेष्ट अफ दि टुर्नामेन्ट ( रु ३,५००)
- बेष्ट गोलकिपर (रु २,५००)
- बेष्ट डिफेन् (रु २,५००)
- हाइ स्कोरर (रु २,५००)
- बेष्ट कोच (रु २,५००)
- बेष्ट मिडफिल्डर (रु २,५००)
- राइजिङ प्लेयरलाई (रु २,५००)
- प्रत्येक खेलको म्यान अफ द म्याच (रु १,५००)
विधागत पुरस्कार विजेता खेलाडीहरुलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।




















