सातौं डि.आइ.जी.पी कपको पहिलो खेलमा नेपाल पुलिस स्कुल (Red) विजेयी
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०९ गते ।
धराने मिडिया : सातौं डि.आइ.जी.पी कपको पहिलो खेलमा नेपाल पुलिस स्कुल (Red) विजयी भएको छ।
आज नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस स्कुल (Red)ले भरौल बाल मन्दिर स्कुललाई ५-० ले हराउदैँ विजेयी हासिल गरेको थियो।
खेलको १६ औँ मिनेटमा पुलिस स्कुलका जर्सि न १० का खेलाडी समिर राईले पहिलो गोल गर्न सफल भएका थिए। त्यस्तै खेलको २४ औँ मिनेटमा पुलिस स्कुलका जर्सि न २४ का खेलाडी उज्वल थापाले खेलको दोस्रो गोल गरेका थिए।

त्यस्तैगरि खेलको दोस्रो हाफमा पुलिस स्कुलका जर्सि न १० का खेलाडी समिर राईले खेलको ८ औँ र ११ औँ मिनेटमा थप एक-एक गोल गरेका थिए। त्यस्तै खेलको ३२ औँ मिनेटमा पुलिस स्कुलका जर्सि न १३ का खेलाडी निश्चल खड्काले खेलको पाचौँ गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच पुलिस स्कुलका जर्सि न १० का खेलाडी समिर राई घोषित भएका थिए। उनले खेलमा ह्याट्रिक गरेका थिए।
प्रतियोगिताको दोस्रो खेल पुष १० गते (भोलि) निधि माध्यमिक विध्यालय झापा र बालमिकि स्कुल मोरङ बिच दिनको १ बजे हुनेछ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी भएका छन।
डि.आइ.जी.पी कप २०५८ सालदेखि प्रारम्भ भएर २०६३ सालमा बन्द भएको थियो । प्रतियोगिताको छैटौं संस्करणसम्म धरानको डिपोट स्कुलले चार पटक विजेता हुन सफल भएको छ।




















