सातौं डि.आइ.जी.पी कपको तेस्रो दिन दिल्ली पब्लिक र प्रभात सेकेण्डरी विजय
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष ११ गते ।
धराने मिडिया : सातौं डि.आइ.जी.पी कपको तेस्रो दिन दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर, मोरङ र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरान, सुनसरी विजय भएका छन।
आज नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन भएको पहिलो खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगरले बाल्मिकी एजुकेशन फाउण्डेशन विर्तामोड, झापालाई १-० गोलले हराउदैँ जित हासिल गरेको हो।
खेलको पहिलो हाफमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगरका जर्सी नं. १७ का अमन खवासले गोल गरेका थिए। उन खेलको २० मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई विजय बनाएका हुन।
गोलसगै उनि खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले नगद रु. १००५।- र मेडल प्राप्त गरे। उनलाई खेलको प्रमुख अतिथि प्रबउ ज्ञानेन्द्र फुयालले मेडल तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

यस्तै आज नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन भएको दोस्रो खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरान, सुनसरीले सैनिक आवासीय महाविद्यालय धरान, सुनसरीलाई २-० गोलले हराउदैँ जित हासिल गरेको छ।
खेलको पहिलो हाफमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानका जर्सी नम्बर १७ का भुवन भण्डारीले पहिलो हाफको १५ मिनेटमा पहिलो गोल र १ मिनेट इन्जुरी समयमा दोस्रो गोल गरेका थिए।
खेलमा दुई गोलसगै उनि खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले नगद रु. १००५।- र मेडल प्राप्त गरे। उनलाई खेलको प्रमुख अतिथि प्रबउ ज्ञानेन्द्र फुयालले मेडल तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाईली, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ, नेपाल पुलिस स्कुल धरानका प्राचार्य मनिका सुब्बा राई, प्रतियोगिता संयोजक तथा विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेश कुमार हायू, सम्बन्धित विद्यालयका प्रतिनिधी, शिक्षक, प्रहरी कर्मचारी, अभिभावक, विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
प्रतियोगिताको पुष १२ गते (भोलि) पहिलो खेल आदर्श इङ्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेण्डरी स्कुल मोरङबीच दिउँसो १:०० बजे हुनेछ भने दोस्रो खेल माउण्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबीच दिउँसो २:३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी भएका छन।
डि.आइ.जी.पी कप २०५८ सालदेखि प्रारम्भ भएर २०६३ सालमा बन्द भएको थियो । प्रतियोगिताको छैटौं संस्करणसम्म धरानको डिपोट स्कुलले चार पटक विजेता हुन सफल भएको छ।




















