कटहरियामा विष्फोट हुँदा एकको मृत्यु, ६ जना जलेर घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष  १२ गते ।

धराने मिडिया : कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना कामदारको हातखुट्टा जलेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।

घाइतेहरूको उपचारका लागि वीरगञ्ज पठाइएको छ भने विष्फोटको कारण स्पष्ट भएको छैन।