यार्सा एफ.सी को प्रथम यु-१७ फुटसल प्रतियोगिताको टिम दर्ता गर्ने आज अन्तिम दिन

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष १३ गते ।

धराने मिडिया : यार्सा एफ.सी धरानाको आयोजनमा हुन लागेको प्रथम 7A Side यु-१७ फुटसल प्रतियोगिताको टिम दर्ता गर्ने आज(पौष १३) अन्तम दिन रहेको छ। 

पौष १५ गते धरान-१६ स्थित बि.बि फुटसलमा हुन गैरहेको यस प्रतियोगितामा वि.स २०६५ वा पछि जन्मेकाहरुले आफ्नो नाम सहित टिम दर्ता गर्न सक्नेछन।

क्लबको मुख्य लक्ष्य राष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पादन गर्ने रहेको यार्सा एफ.सी का अध्यक्ष अनिल लिम्बुले बताए। उनले यस प्रतियोगिताबाट खेलाडीहरूबीच समन्वय र सहकार्य बढ्ने आसा लिएको छन।

प्रतियोगिताको विजेताले नगद रु ५१,७७७, ट्रोफि, मेडल र प्रमाणप्रत्र हात पार्ने छन भने उपविजेताले नगद रु २७,७७७, ट्रोफि, मेडल र प्रमाणप्रत्र हात पार्ने छन।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद रु ७,७७७, उत्कृष्ट गोलरक्षक र उच्च गोल अंक खेलाडीले नगर रु ३,७७७/३,७७७ प्राप्त गर्ने छन। 

त्यस्तैगरि प्रतियोगितामा सेमिफाइनल र फाइनल खेलको उत्कृष्ट खेलाडीले नगद रु १,७७७ प्राप्त गर्ने छन।