प्रथम यु-१७ फुटसल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष १७ गते ।
धराने मिडिया : यार्सा एफ.सी धरानाको आयोजनमा भएको प्रथम 7A Side यु-१७ फुटसल प्रतियोगिताको विजेता आयोजक यार्सा एफ.सी आफ्नै हुन सफल भएको छ।
पौष १६ गते धरान-१६ स्थित बि.बि फुटसलमा आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा होटेल मेरिकेन धरानलाई हराउदैँ आयोजक यार्सा एफ.सीले उपाधि जित्न सफल भएको हो।
विजेता भए सगै टोलिले नगद रु ५१,७७७, ट्रोफि, मेडल र प्रमाणप्रत्र हात पारेको छ भने उपविजेता होटेल मेरिकेन धरानले नगद रु २७,७७७, ट्रोफि, मेडल र प्रमाणप्रत्र हात पारेको छ।
त्यस्तै फाइनल खेलको उत्कृष्ट खेलाडी यार्सा एफ.सीका अङ्नि घोषित भएको थिए। उनले नगद रु १,७७७ प्राप्त गरे।

त्यस्तैगरि प्रतियोगिताको विधागत पुरस्कार अन्तरगतः
- उत्कृष्ट गोलरक्षक यार्सा एफ.सीका खेलाडी प्रतिक राई (पुरस्कार नगद रु ३,७७७/-)
- उत्कृष्ट खेलाडी यार्सा एफ.सीका खेलाडी पर्वत राई (पुरस्कार नगद रु ७,७७७/-)
- उच्च गोल अंक खेलाडी होटेल मेरिकेनका खेलाडी मन्दिप तामाङ र यार्सा एफ.सीका खेलाडी विनम जिमि (पुरस्कार नगद रु ३,७७७/-)






















