७ औं डि.आइ.जि.पि कपको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरानलाई

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष १९ गते ।

धराने मिडिया : धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न 'सातौं कोशी प्रदेश अन्तर-विद्यालय डि.आइ.जि.पि रनिङ फुटबल प्रतियोगिता २०८२' को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरानले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिस स्कुलका जर्सी नम्बर ७ का विकास मगरले खेलको पहिलो हाफमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए। गोलसगैँ उनि फाइनल खेलका म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १ हजार ५ रुपैया हात पारेका थिए।

विजेता पुलिस स्कुलले ट्रफी, नगद ८१ हजार ५ रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले ट्रफी, नगद ४१ हजार ५ रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्यो। 

7th Digp cup 2082 1st runnerup

त्यस्तैगरि प्रतियोगिताको विधागत पुरस्कार अन्तरगतः

- सर्वोत्कृष्ट खेलाडी र हाई स्कोरर खेलाडी पुलिस स्कुलका समिर राई (नगद रु ३,५०० + २,५००)

- बेष्ट कोच पुलिस स्कुलका सागर कार्की ( नगद रु २,५००)

- बेष्ट मिडफिल्डर प्रभात स्कुलका नेम्साङ राई ( नगद रु २,५००)

- बेष्ट डिफेन्डर प्रभात स्कुलका रिदम पाण्डे ( नगद रु २,५००)

- बेष्ट गोलकिपर पुलिस स्कुलका सोनाहाङ राई ( नगद रु २,५००)

- उदयीमान खेलाडी पुलिस स्कुलका यारिन भुजेल ( नगद रु २,५००)

7th Digp cup 2082 winner (2)

२०५८ सालदेखि शुरु भएको डिआइजिपी कप छैटौं सँस्करणसम्म आयोजना भएर २०६३ पछि रोकिएको थियो । करिब १९ बर्षपछि पुनः सञ्चालनमा आएको प्रतियोगितामा आयोजक पुलिस स्कुलले पहिलो पटक फाइनल खेल्दै नयाँ च्याम्पियन बनेको हो ।

प्रतियोगिताको छैटौं संस्करणसम्म धरानको डिपोट स्कुलले पाँच पटक विजेता हुन सफल भएको छ।