नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आठ वर्षपछि पुनरागमन
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष २३ गते ।
धराने मिडिया : धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विद्यार्थी कल्याण समाजले 'SYNAPSE 2026: ALL NEPAL MEDICAL COLLAGE MEET' आयोजना गर्ने भएको छ ।
सन् २०१८ देखि रोकिएको ‘साइन्याप्स’ कार्यक्रमको आठ वर्षपछि पुनरागमन हुन लागेको हो। कार्यक्रम माघ १६ देखि २३ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ६, २०२६) सम्म सञ्चालन हुने भएको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए ।

कार्यक्रममा खेलकुद र साहित्य अन्तरगतः
- क्रिकेट
- कथा लेखन
- फुटबल फुटसल
- कविता बाचन
- बास्केटबल
- पेन्टिङ
- भलिबल
- क्वीज कम्पिटिसन
- ब्याडमिन्टन
- टेवल टेनिस
- एथलेटिक्स
- चेस क्यारम
- ई स्पोर्टस
- जिम स्र्पोटस
- स्वीमिङ
- बादविवाद प्रतियोगिता कार्यक्रम राखिएको छ ।
कार्यक्रममा सबैभन्दा बढी अंक ल्याउने कलेजलाई कलेज अफ दि साइन्याप्स २०२६ घोषणा गरेर ट्रफी दिइनेछ।
कार्यक्रमको भव्य उद्घाटनका रूपमा स्वास्थ्य सचेतनामूलक वाकाथन आयोजना गरिनेछ, जसमा १,२०० देखि १,५०० सहभागीको सहभागिता रहने अपेक्षा गरिएको छ ।





















