काठमाडौं-३ बाट उम्मेदवारी दिँदै कुलमान घिसिङ, मन्त्री पथबाट दिए राजीनामा
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष २४ गते ।
धराने मिडिया : उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उनले बुधबार राती प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
राजिनामा दिए सँगै घिसिङले काठमाडौंको क्षेत्र नम्बर-३ बाट आउने चुनावमा लड्ने भएका छन् । उनी अहिले सो निर्वाचन क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया र भेटघाटमा व्यस्त छन् ।
घिसिङले पहिले ’उज्यालो नेपाल पार्टी’ मार्फत राजनीतिक सक्रियता देखाएका थिए र पछि रास्वपासँग एकता गर्दै उपसभापतिका लागि सहमति पनि गरेको चर्चा छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ ।



















