२६ औं बुढासुब्बा गोल्डकप माघ २२ देखि, उत्कृष्ट खेलाडीलाई होण्डा कम्पनीको डियो स्कुटर

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ १ गते ।

धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ। माघ १ गते बिहिबार धरान-१५ स्थित होटेल मेरिकेनमा  प्रतियोगिताबारे आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ ।

प्रतियोगितामा (१) एनआरटि क्लब काठमाण्डौ, (२) चर्च ब्वाईज क्लब काठमाडौं, (३) नेपाल पुलिस क्लब काठमाडौं, (४) रोयल थिम्फ क्लब भुटान, (५) जर्जियन क्लब कालेम्पुड भारत, (६) एलए क्लब पोखरा, (७) सातदोबाटो युथ क्लब ललितपुर, (८) प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ, (९) झापा-११ झापा, (१०) धरान फुटबल क्लबको सम्भावित सहभागी टिमहरु रहेका छन।

26th budha subba goldcup pressmeet

प्रतियोगिताको विजेतालाई नगद रु १० लाख, उप-विजेतलाई नगद रु ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट खेलाडीले रु १,००,०००/- नगद पुरस्कार प्रदान गरिआएकोमा यस २६ औं संस्करणमा होण्डा कम्पनीको डियो स्कुटर प्रदान गरिने छ। 

त्यस्तै हरेक खेलको प्लेयर अप दी म्याच हुनेले १० हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन।

प्रतियोगिता २०८२ माघ २२ गतेदेखि फागुन २ गतेसम्म हुनेछ। 

26th budha subba goldcup pressmeet (2)

२६ औँ संस्करणसम्म आउँदा उपाधी जित्न सफल टिमहरु :

२०५५ - विजेता ( बुल्गोरिया स्पोर्टिङ क्लब, भारत)

२०५६ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०५७ - विजेता ( धनमुन्ती क्लब, बंगलादेश)

२०५८ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०५९ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०६० - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०६१ - विजेता ( थ्रि स्टार क्लब )

२०६२ - विजेता ( अफ्रिकन युनाइटेड क्लब )

२०६३ - विजेता ( नबिल थ्रि स्टार क्लब )

२०६४ - विजेता ( एनआरटि क्लब )

२०६५ - विजेता ( नबिल थ्रि स्टार क्लब )

२०६६ - विजेता ( आरसीटी क्लब )

२०६७ - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०६८ - विजेता ( थ्रि स्टार )

२०६९ - विजेता ( हङ्गकङ्ग नेपाली महासंघ, हङ्गकङ्ग )

२०७० - विजेता ( अफ्रिकन युनाइटेड क्लब )

२०७१ - विजेता ( एपिएफ, काठमाण्डौ )

२०७२ - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०७३ - विजेता ( नेपाल पुलिस क्लव )

२०७४ - विजेता ( थ्री स्टार क्लब, काठमाण्डौ )

२०७५ - विजेता ( डाफिन्स क्यामरुन )

२०७६ - विजेता ( मनाङ मर्स्याङदी क्लब, काठमाण्डौ )

२०७९ - विजेता ( केमरुन एफसि )

२०८० - विजेता ( एनआरटि क्लब काठमाडौ)

२०८१ - विजेता ( एनआरटि क्लब काठमाडौ)