हर्क साम्पाङले मेयरबाट राजीनामा दिए

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ ०४ गते ।

धराने मिडिया :  मेयर हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर आइन्द्र विक्रम बेघालाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।

उनि सगैँ धरान उपमहानगरपालिकाका वडा न १७ का अध्यक्ष सुर्य कुमार भट्टराई(मनोज) ले पनि राजिनामा दिएका छ्न। 

राजीनमा दिएसँगै साम्पाङ श्रम संस्कृति पार्टिको माटो चिह्नबाट चुनाव लड्नेछन् भने भट्टराई नेकपाबाट चुनाव लड्नेछन । उनहरुले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै सुनसरी क्षेत्र न १ बाट चुनाव लड्ने तयारी गरेका छन्।

निर्वाचन आयोगले आगामी माघ ६ गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

वि.सं. २०७९ जेठ १२ गते साम्पाङ धरानको नगरप्रमुखको कार्यालयमा निर्वाचित भए भने भट्टराई वडा न १७ का अध्यक्षमा निर्वाचित भएका थिए।