आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्दै
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०६ गते ।
धराने मिडिया : आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।
सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट प्रदान गरेका हुन्।
रास्वपाले काठमाडौं जस्तो शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आफ्नो संगठनात्मक प्रभाव विस्तार गर्न तामाङलाई धादिङ पठाएको विश्लेषण गरिन्छ। पार्टीका केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ अब ग्रामीण मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी प्रतिस्पर्धामा उत्रनेछिन्।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।
उनि समाजिक संजालबाट घोषणा गर्दै लेख्छिन :
नमस्कार
धादिङ क्षेत्र नं. १ का दाजुभाइ तथा दिदीबहिनीहरू,
आज मिति माघ ६ गते, धेरै सोच र सडकको आवाज सुनेपछि मैले निर्णय गरेकी छु, अब बोल्ने मात्र होइन, काम गर्ने राजनीति। त्यसैले म धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्दै छु।
तपाईंहरूको उपस्थिति नै शक्ति हो।
तपाईंको साथ नै परिवर्तनको आधार हो।

बाजा–गाजा होइन, शान्त र मर्यादित उपस्थिती
जुलुस होइन, नागरिकसँग प्रत्यक्ष संवाद
नाराबाजी होइन, सुन्ने संस्कार
प्रदर्शन होइन, जिम्मेवार आचरण
पैसाले होइन, नीतिले मन जित्ने
भीड होइन, विश्वास निर्माण
उत्तेजना होइन, समाधानको कुरा
शक्ति देखाउने होइन, सेवा देखाउने
व्यक्ति होइन, जनताको आवाज
हामी अरूभन्दा फरक छौँ।
हामी पूर्ण आचारसंहिता पालना गर्नेछौँ।
यस अभियानमा मलाई साथ र समर्थन गर्न सम्पूर्णमा अनुरोध छ ।





















