धरानको पानी अब गोप्य हुँदैन - कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघा
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०८ गते ।
धराने मिडिया : धरान उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख तथा खानेपानी व्यवस्थापन बोर्डको कार्यवाहक अध्यक्ष अइन्द्र विक्रम बेघाले धरानको पानी अब गोप्य नरहने र पारदर्शिता भाषणमा मात्र होइन व्यवहारमै देखाउनु पर्ने बताएका छन।
बिहीबार खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षको पद बहाली गर्दै उनले यो कुरा बताएका हुन।
बेघाले धरानको पानीको कुन स्रोतबाट केकति पानी आउछ भनेर तथ्यसहित पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने पनि बताए थिए। उनले प्रदेशको वेलबाट पनि के कति पानी उत्पादन भएको छ भनेर तथ्यांक निकालेर नै सार्वजनिक गर्ने र वितरण गर्ने बताए ।
बिहीबार कार्यवाहक नगर प्रमुखको कार्यक्रक्षमा सामाजिक अभियान्ता महेश श्रेष्ठ लगायतका टोलीले प्रदेश सरकारको बजेटबाट खनिएको वेलबाट ५० लाख लिटर पानी उत्पादन भएपनि अघिल्लो नेतृत्वले वितरण गर्न इच्छा नदेखाएको कार्यवाहक अध्यक्ष बेघालाई बताएका थिए।




















