पि.पि.ओ धरानमा भारतको ७७ औं गणतन्त्र दिवस हर्षोउल्लास साथ मनाइयो
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ १२ गते ।
धराने मिडिया : भारतको ७७औं गणतन्त्र दिवसको उपलक्ष्यमा राजदूतावास पेन्शन वितरण कार्यालय (पीपीओ) धरानले हरेक वर्षझै यस वर्ष पनि २६ जनवरी २०२६ का दिन विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोउल्लासका साथ मनाएको छ ।
कार्यक्रमको शुरुवात पीपीओ धरानको कार्यबाहक प्रभारी अधिकारी मेजर श्यामी सुवर्ण द्वारा भारतको राष्ट्रिय ध्वज झण्डोत्तलन साथै शहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो।
यस अवसरमा भारतीय राजदूतावास डिफेन्स विंग्स काठमाडौंबाट नेपालस्थित भारतीय भूपु सैनिकहरुको लागि हरेक वर्ष छापिने पत्रिका भूपु २०२६ को भूपुहरु तथा संस्करणको लोकार्पण गरिएको थियो ।



कार्यक्रममा भुपुहरु तथा अन्य आमन्त्रितहरुको रमाईलोको लागि विभिन्न किसिमका कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको अन्त्यमा, मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका कलाकारहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
पेन्शन वितरण कार्यालय धरानका कार्यबाहक प्रभारी अधिकारी मेजर श्यामी सुवर्णले पीपीओ धरानको यो आथित्यलाई स्वीकार गरी आफ्नो बहुमूल्य समय निकालेर यस अवसरमा पाल्नु भएका सम्पूर्ण अथितिगणहरुमा हार्दिक कृतज्ञता जनाउनु भएको थियो ।































