सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन 

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ १४ गते ।

धराने मिडिया : सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई जिताउने लक्ष्यसहित नेकपा एमालेले ७०७ सदस्यीय शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

मंगलबार धरान १० स्थित सैनिक भवनमा नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले वृहत कार्यक्रम गर्दै उक्त कमिटीको घोषणा गरेको हो ।

नवगठित कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी चयन भएकी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन्।

कमिटीको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्यराज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशिला पहाडी ढकाल लगायत रहेका छन्।

एमालेले आगामी फागुन २१ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा युवा नेता टिकाराम माङ्लेन लिम्बूलाई उम्मेद्वार बनाएको छ ।