२६ औं बुढासुब्बा गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लब र जर्जियन क्लब भारतको भिडन्त हुँदै, टिकटदर सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २२ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारत बिच हुने भएको छ ।
धरान-१६ स्थित रंगशालामा आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै माघ २२ गतेदेखि शुरु हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको र खेल तालिक बारे जानकारी दिएका थियो।
क्लबका अनुसार यसपटक आयोजक धरान फुटबल क्लबले धरानकै खेलाडीहरूलाई मात्र समेटेर टिम निर्माण गरेको जनाएको छ।
प्रतियोगितामा १० वटा क्लबको सहभागी रहेको छ ।
प्रतियोगितामा (१) एनआरटि क्लब काठमाण्डौ, (२) चर्च ब्वाईज क्लब काठमाडौं, (३) नेपाल पुलिस क्लब काठमाडौं, (४) रोयल थिम्फ क्लब भुटान, (५) जर्जियन क्लब कालेम्पुड भारत, (६) एलए क्लब पोखरा, (७) सातदोबाटो युथ क्लब ललितपुर, (८) प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ, (९) झापा-११ झापा, (१०) धरान फुटबल क्लब सहभागी टिमहरु रहेका छन।

प्रतियोगिताको खेल तालिका यस प्रकार रहेको छ ः
माघ २२ गते - धरान फुटबल क्लब र जर्जियन क्लब भारत
माघ २३ गते - रोयल थिम्फ क्लब भुटान र झापा-११ झापा
माघ २४ गते - प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ र एनआरटि क्लब काठमाण्डौ
माघ २५ गते - नेपाल पुलिस क्लब काठमाडौं र चर्च ब्वाईज क्लब काठमाडौं
माघ २६ गते - एलए क्लब पोखरा र विजेता (माघ २२ गतेको)
माघ २७ गते - सातदोबाटो युथ क्लब ललितपुर र विजेता (माघ २३ गतेको)
माघ २८ गते - पहिलो सेमिफाइनल
माघ २९ गते - दोस्रो सेमिफाइनल
फागुन २ गते - फाइनल

आयोजकका अनुसार टिकटदर अनुसार प्रिक्वार्टरफाइनल खेलको टिकट १०० रुपैयाँ, सेमिफाइनलको २०० रुपैयाँ र फाइनलको ४०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूलाई प्रिक्वार्टरफाइनलमा ५० रुपैयाँ र सेमिफाइनलमा १०० रुपैयाँ लाग्नेछ। दर्शकहरुलाई कुनै पनि पार्किङ शुल्क नलाग्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।





















