२६ औं बुढासुब्बा गोल्डकपको उद्घाटन सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २२ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा धरान उपमहानगरपालिकाको कार्यबाहक नगर प्रमुख आइन्द्र विक्रम बेघाले दिप प्रज्वलन गरेका थिए।

धरान-१६ स्थित रंगशालामा भएको उद्घाटन समारोहमा विभिन्न अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
गोल्डकपको पहिलो खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ।
उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारत बिच प्रतिस्पर्धा भइरहेको छ ।

आज भएको खेलको विजेताले माघ २६ गते एलए क्लब पोखरासंग सेमिफाइनलकालागी प्रतिस्पर्धा गर्नेछ ।
उद्घाटन समारोहमा हिम सिखर स्कुलका ८० जना विद्यार्थीले स्वागत नित्य प्रस्तुत गरेका थिए।























