उद्घाटन खेलमा आयोजक धरान विजेयी

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ २२ गते ।

धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान विजेयी भएको छ।

माघ २२ गते धरान-१६ स्थित रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा जर्जियन क्लब भारतलाई टाई ब्रेकरमा २-४ गोलले पछिपार्दै आयोजक धरान फुटबल क्लब धरान विजय हुन सफल भएको थियो। 

खेलको पहिलो हाफको ८ औँ मिनेटमा जर्जियन क्लब भारतका जर्सी न. ९  हेमराज भुजेलले खेलको पहिलो गोल गर्दैँ आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसपस्चात खेलको १८ औँ मिनेटमा धरान फुटबल क्लबका जर्सी न १७ तपन कार्कीले गोल गर्दै खेलमा अंक बराबरि पार्न सफल भएका थिए।

26th budha subba goldcup 2082 (9)26th budha subba goldcup 2082 (8)26th budha subba goldcup 2082 (7)

खेलको अन्तिम समयसम्म पनि कुनैपनि टिमबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो। खेलको उकृष्ट खेलाडि धरान फुटबल क्लबका जर्सी न २२ का बिपुल मगरले प्राप्त गरेका थिए। उनले मेडल सहित नगद रु १०,०००/- प्राप्त गरेका थिए।

विजेता हुन सफल धरान फुटबल क्लब अब माघ २६ गते एलए क्लब पोखरासंग सेमिफाइनलकालागी प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो खेल भोलि माघ २३ गते रोयल थिम्फ क्लब भुटान र झापा-११ झापा बिच हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।  उद्घाटन समारोहमा हिम सिखर स्कुलका ८० जना विद्यार्थीले स्वागत नित्य प्रस्तुत गरेका थिए।

26th budha subba goldcup 2082 (10)26th budha subba goldcup 2082 (6)26th budha subba goldcup 2082 (5)26th budha subba goldcup 2082 (3) 926th budha subba goldcup 2082 (4) 726th budha subba goldcup 208226th budha subba goldcup 2082 (2) 11