भुटानलाई हराउदै झापा-११ क्वटरफाइनल प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २३ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको खेलमा रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै झापा-११ क्वार्टरफाइनल प्रवेश गरेको छ ।
माघ २३ गते धरान-१६ स्थित रंगशालामा भएको प्रतियोगिताको दोस्रो खेलमा रोयल थिम्पु फुटबल क्लब भुटानलाई २-० गोलले पछिपार्दै झापा-११ विजय हुन सफल भएक हो।
खेलको पहिलो हाफको ३६ औँ मिनेटमा झापा-११ जर्सी न.२० का खेलाडी सुनिल खड्का र दोस्रो हाफमा जर्सी न.१३ का खेलाडी राजेश दाहाल्ले १८ औँ मिनेटमा गोल गरेका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा-११ का राजेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। कार्यालय धरानका प्रमुख एसएसपी ज्ञानेन्द्र फुँयाल र दाता कुमार तामाङले उनलाई पुरस्कार प्रदान गरेका थिए ।
खेलमा झापा-११ का जर्सी न. १५ पेपे , जर्सी न. २४ योगेश गुरुङ र रोयल थिम्पु भुटानका जर्सी न. ५ ङ्यवाङ युङ्तेण खेलाडीले पहेलो कार्ड पाएका थिए।
विजेता हुन सफल झापा-११ अब माघ २७ गते सातदोबाटो युथ क्लब ललितपुरसंग सेमिफाइनलकालागी प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको खेल भोलि(शनिबार) माघ २४ गते प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ र एनआरटि क्लब काठमाण्डौ बिच हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ।
प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।






















