२६ औं बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा प्लानिङ ब्वाइज युनाइटेड प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ २४ गते ।

धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो क्वटरफाइनल खेलमा साविक बिजेता एनआरटि काठमाण्डौं हराउदै  प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइलन प्रवेश गरेको छ ।

धरान-१६ स्थित रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको खेलमा एनआरटिलाई २-० गोलले पछिपार्दै प्लानिङ ब्वाइज युनाइटेड विजय हुन सफल भएको हो। 

प्लानिङ ब्वाइजले खेलको पहिलो हाफको ४३ औं मिनेटमा पहिलो गोल र दोस्रो हाफको ४१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमाल घोषित भए । उनले नगद १० हजार र मेडल हात पारे ।

627720336_869427612737576_3451516677278233346_n (1) (1)

प्रतियोगितामा भोली (आइतबार) गत बर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ। 

629469613_869430159403988_5694395782822701521_n (1) (1)