नेपाल पुलिस क्लबलाई हराउदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २५ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो क्वटरफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौंलाई हराउदै चर्च ब्वाइज युनाइटेड काठमाडौ सेमिफाइलन प्रवेश गरेको छ ।
धरान-१६ स्थित रंगशालामा आइताबार सम्पन्न प्रतियोगिताको चौथौँ खेलमा चर्च ब्वाइज युनाइटेडले १-० गोलले नेपाल पुलिस क्लबलाई पछिपार्दै विजय हासिल गरेको थियो।
खेल सुरु भएको पहिलो मिनेटमा नै चर्च ब्वाइज युनाइटेडका जर्सी न १० का खेलाडी रिचार्ड विल्सनले खलमा पहिलो गोल गरेका थिए। खेलको अन्तिम समयसम्म पनि अन्य कुनै गोल हुन नसकेका कारण सोहि गोल नै खेलको निर्णायक गोल हुन पुग्यो।


खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज युनाइटेडका जर्सी न १० का खेलाडी रिचार्ड विल्सन घोषित भएका थिए। उनले नगद १० हजार र मेडल हात पारे।
विजेता हुन सफल चर्च ब्वाइज युनाइटेड अब माघ २९ गते फाइनलकालागी प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको खेल भोलि(सोमबार) माघ २६ गते आयोजक धरान फुटबल क्लब र लालिगुरास ए पोखरा बिच हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।






















