दर्शकको मन जित्दै आयोजक धरान बाहिरियो, लालीगुराँस पोखरा सेमिफाइनलमा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २६ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो क्वटरफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई हराउदै लालिगुँरास एसोसिएसन पोखरा सेमिफाइलन प्रवेश गरेको छ ।
धरान-१६ स्थित रंगशालामा सोमबार सम्पन्न प्रतियोगिताको पाचौँ खेलमा लालिगुँरास एसोसिएसन पोखराले टाई ब्रेकरमा ५-४ गोलले आयोजक धरान फुटबल क्लबलाई पछिपार्दै विजय हासिल गरेको थियो। टाइ ब्रेकरमा धरान फुटबल क्लबका तर्फबाट पाँचौँ प्रहारमा असफल हुँदा आयोजक टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो।

घरेलु मैदान र समर्थकको उल्लेख्य साथ पाएको धरान फुटबल क्लबले खेलभरि केही उत्कृष्ट आक्रमण निर्माण गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल अतिरिक्त १५ मिनेट (एक्स्ट्रा टाइम) मा प्रवेश गरेको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाई ब्रेकरमा मार्फत गरिएको थियो।

विजेता हुन सफल लालीगुराँस पोखरा अब माघ २८ गते प्लानिङ ब्वाइज युनाइटेडसँग फाइनलकालागी प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको खेल भोलि(मंगलबार) माघ २७ गते सातदोबाटो युथ क्लब ललितपुर र झापा-११ झापा बिच हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।






















