सातदोबाटोलाई पराजित गर्दै झापा-११ सेमिफाइनल प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ २७ गते ।

धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको चौथौँ र अन्तिम क्वटरफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई हराउदै झापा-११ झापा सेमिफाइलन प्रवेश गरेको छ ।

धरान-१६ स्थित रंगशालामा मंगलबार सम्पन्न प्रतियोगिताको खेलमा  झापा-११ले २-१ गोलले सातदोबाटो युथ क्लबलाई पछिपार्दै विजय हासिल गरेको थियो।

खेलको पहिलो हाफको १७ अौ मिनेटमा  झापा-११ का जर्सी न १३ राजेश दाहालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थियो । त्यस्तै खेलको दोस्रो हाफमा सातदोबाटो युथ क्लबका जर्सी न ९९ का खेलाडी बबिरोसले  १३ औँ  मिनेटमा गोल गर्दै गरेर खेल बराबरी बनाएका थिए ।

WhatsApp Image 2026-02-10 at 6.03.53 PM

खेलको ९० मिनेट समयसम्म पनि दुवै टिमबाट अन्य कु्नै गोल हुन सकेको थिएन। खेलमा अन्तिममा अतिरिक्त समय थप ६ मिनेट थपिएको थियो जस्मा झापाका जर्सी न १० एरोन थापा मगरले आफ्नो टिमका लागी दोस्रो र निर्णायक गोल गरेका थिए। 

चौथौँ क्वटरफाइनल खेलको म्यान अफ द म्याच झापा-११ का एरोन  थापा मगर घोषित भएका थिए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता हुन सफल झापा-११ अब माघ २९ गते र्च ब्वाईज क्लब काठमाडौंसँग फाइनलकालागी प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भोलि(बुधबार) माघ २८ गते एलए क्लब पोखरा र प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ बिच हुनेछ। खेलको टिकट दर २०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।

WhatsApp Image 2026-02-10 at 6.03.52 PMWhatsApp Image 2026-02-10 at 6.03.52 PM (2)WhatsApp Image 2026-02-10 at 6.03.50 PM