लालिगुरास एसोसिएसनलाई हराउदै प्लानिङ ब्वाईज फाइनल प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २८ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लालिगुरास एसोसिएसन पोखरालाई हराउदै प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौ फाइनल प्रवेश गरेको छ।
धरान-१६ स्थित रंगशालामा मंगलबार सम्पन्न प्रतियोगिताको खेलमा प्लानिङ ब्वाईजले २-१ गोलले लालिगुरास एसोसिएसनलाई पछिपार्दै विजय हासिल गरेको थियो।
खेलको पहिलो हाफको ६ औँ मिनेटमा लालिगुरासका जर्सी न ४४ इस्कन्दर सिध्दिकजोनले गोल गर्दै आफ्नो टिमलाई १ गोलको अग्रता दिलाएका थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा प्लानिङ ब्वाईजका जर्सी न २४ का खेलाडी विलियम एलेक्सले १४ औँ मिनेटमा गोल गर्दै गरेर खेल बराबरी बनाएका थिए भने खेलको ४२ औँ मिनेटमा प्लानिङ ब्वाईजका जर्सी न ७ प्रताप सिंह राईले खेलमा अर्को गोल गर्दैँ आफ्नो टिमलाई अग्रता दिलाउदै विजय बनाएका थिए।
खेलमा पहिलो हाफको २४ औँ मिनेटमा विवाद भएपछि रेफ्रिले तिन वटा रेड कार्ड दिएको थियो। कार्ड पाउनेमा प्लानिङ ब्वाईजका जर्सी न २० का खेलाडी पापाइबौ केबे, लालिगुरासका जर्सी न ४४ का खेलाडी इस्कन्दर सिध्दिकजोन र मेनेजर इस्वर बस्यार रहेका थिए।
खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाईजका जर्सी न ७ प्रताप सिंह राई घोषित भएका थिए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता हुन सफल प्लानिङ ब्वाईज अब फगुन २ गते फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि(बिहिबार) माघ २९ गते झापा-११ झापा र चर्च ब्वाईज क्लब काठमाडौं बिच हुनेछ।
खेलको टिकट दर २०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुनेछ।




















