टाई ब्रेकरमा झापा-११ लाई पछिपार्दै चर्च ब्वाईज फाइनल प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २९ गते ।
धराने मिडिया : २६ औं अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापा-११ झापालाई हराउदै चर्च ब्वाईज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ।
धरान-१६ स्थित रंगशालामा बिहिबार सम्पन्न प्रतियोगिताको खेलमा चर्च ब्वाईजले टाई ब्रेकरमा ३-१ गोलले झापालाई पछिपार्दै विजय हासिल गरेको हो।
खेलको पहिलो हाफको ३ औँ मिनेटमा चर्च ब्वाईजका जर्सी न १२ मिनल राई र १७ औँ मिनेटमा जर्सी न ७ अबोयमि फाकुलनेले गोल गर्दै आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए । खेलको २८ औँ मिनेटमा झापा-११ का जर्सी न २ अभिसेक लामाले गोल गर्दै खेलमा गोलको अग्रता घटाएका थिए।

त्यस्तै खेलको दोस्रो हाफमा झापा-११ का १० का खेलाडी आरोन थापा मगरले २१ औँ मिनेटमा गोल गर्दै खेल बराबरी बनाएका थिए । निर्धारित अन्तिम समयसम्म पनि खेलमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय मार्फत गरिएको थियो।
टाई ब्रेकर पेनाल्टी किकहरूमा झापा-११ का जर्सी न ८ प्रशात लाक्सामले गोल गर्न सफल भएका थिए भने जर्सी न १० आरोन थापा मगर, जर्सी न १३ राजेश दाहाल र जर्सी न ४ गौरव धिमालले गोल मिस गरेका थिए। त्यस्तै पेनाल्टी किकहरूमा चर्च ब्वाईजका जर्सी न ८ एरिक विस्ट, जर्सी न ३२ रोहन कार्की र जर्सी न १७ सुदिप श्रेष्ठले गोल गर्न सफल भएका थिए भने जर्सी न ६६ सुमित श्रेष्ठले गोल मिस गरेका थिए।
खेलको म्यान अफ द म्याच चर्च ब्वाईजका गोलरक्षक जर्सी न २५ प्रमिजय गछ्यधार घोषित भएका थिए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता हुन सफल चर्च ब्वाईज क्लब काठमाडौं अब फगुन २ गते फाइनल खेलमा प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौसग प्रतिस्पर्धा गर्नेछ ।





















