चर्च ब्वाईजलाई पछिपार्दै प्लानिङ ब्वाइजले चुम्यो २६ औं बुढासुब्बा गोल्डकपको ट्रोफि

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २ गते ।

धराने मिडिया : प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँले २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि हात पारेको छ। गोल्डकपको पहिलो पटक सहभागिता जनाएको प्लानिङ्ग ब्वाईजले  उपाधि जित्दै इतिहास बनाएको हो। 

शनिबार धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा उपाधिका दाबेदार चर्च ब्वाईज क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो । फाइनल खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाईजका खेलाडी जर्सी न १३ पूजन थापा घोषित भएका थिए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

26 th budha subba final winner26 th budha subba final winner (3)26 th budha subba final winner (2)

प्रतियोगिताको उत्कृष्ट गोलकिपर प्लानिङ ब्वाइजका योगेश धिमाल, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अबयोमी फुकन्ले, उत्कृष्ट प्रशिक्षक प्लानिङ ब्वाइजका सञ्जित सिंह र उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाइजका निङ्मा घिसिङ घोषित हुदै जनही नगद २५ हजार हात पारे । 

त्यस्तै हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा-११ का खेलाडीद्व्रय राजेश दाहाल र एरोन थापामगर घोषित भए । उनीहरूले समान २-२ गोल गरेका थिए । उनीहरूलाई नगद १२-१२-१२ हजार  प्राप्त गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी प्लानिङ ब्वाईजका टिम क्याप्टेन प्रताप सिङ् राई घोषित भएका थिए । उनले होण्डा कम्पनीको डियो स्कुटर हात पारे।

26 th budha subba final winner (4)26 th budha subba final winner (5)26 th budha subba final winner (6)

२६ औँ संस्करणसम्म आउँदा उपाधी जित्न सफल टिमहरु :

२०५५ - विजेता ( बुल्गोरिया स्पोर्टिङ क्लब, भारत)

२०५६ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०५७ - विजेता ( धनमुन्ती क्लब, बंगलादेश)

२०५८ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०५९ - विजेता ( महेन्द्र पुलिस क्लब )

२०६० - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०६१ - विजेता ( थ्रि स्टार क्लब )

२०६२ - विजेता ( अफ्रिकन युनाइटेड क्लब )

२०६३ - विजेता ( नबिल थ्रि स्टार क्लब )

२०६४ - विजेता ( एनआरटि क्लब )

२०६५ - विजेता ( नबिल थ्रि स्टार क्लब )

२०६६ - विजेता ( आरसीटी क्लब )

२०६७ - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०६८ - विजेता ( थ्रि स्टार )

२०६९ - विजेता ( हङ्गकङ्ग नेपाली महासंघ, हङ्गकङ्ग )

२०७० - विजेता ( अफ्रिकन युनाइटेड क्लब )

२०७१ - विजेता ( एपिएफ, काठमाण्डौ )

२०७२ - विजेता ( मनाङ मर्स्याङ्दी क्लब )

२०७३ - विजेता ( नेपाल पुलिस क्लव )

२०७४ - विजेता ( थ्री स्टार क्लब, काठमाण्डौ )

२०७५ - विजेता ( डाफिन्स क्यामरुन )

२०७६ - विजेता ( मनाङ मर्स्याङदी क्लब, काठमाण्डौ )

२०७९ - विजेता ( केमरुन एफसि )

२०८० - विजेता ( एनआरटि क्लब काठमाडौ)

२०८१ - विजेता ( एनआरटि क्लब काठमाडौ)

२०८२ - विजेता ( प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँ )

26 th budha subba final winner (7)26 th budha subba final winner (8)26 th budha subba final winner (9)26 th budha subba final winner (10)26 th budha subba final winner