धरानमा काँग्रेसको प्रतिबद्धता पत्र सार्वजनिक, उपसभापति विश्वप्रकाश शर्माबाट जितको दाबी
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन ७ गते ।
धराने मिडिया : सुनसरी क्षेत्र न १ मा काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रहेको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितको दाबी गरेका छन।
बिहीबार धरानमा आयोजित सुनसरी क्षेत्र नं. १ को प्रतिबद्धता सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार आयोजना दिनरात सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
उनका अनुसार राष्ट्रिय गौरवका आयोजना, सडक, जलविद्युत् र खानेपानीजस्ता परियोजनाहरू २४ घण्टा चलाउन सके निर्माण कार्य छिटो सम्पन्न हुने मात्र होइन, रोजगारीका अवसर पनि बढ्नेछन् ।
फागुन २१ गतेको निर्वाचनका लागि काँग्रेसले नयाँ र युवा उम्मेदवार, महिला र दलित प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको जानकारी दिँदै १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहार उम्मेदवार बनाएको स्पष्ट गरेका थिए ।
उनले उम्मेदवार सुजेन्द्र तामाङ एक फौजी परिवारको छोरा र हङकङ तथा बेलायत जस्ता ठाउँमा जाने अवसर हुँदाहुँदै पनि आफ्नै माटोमा बसेर सेवा गर्न चाहने व्यक्तिको रूपमा उनले चित्रण गर्दै मतदातालाई “रुख” चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए।




















