धरान-४ का वडाअध्यक्षले दिए पदबाट राजिनामा

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन १६ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष धनबहादुर राईले पदबाट राजिनामा दिएका छन् ।

अध्यक्ष राईले शुक्रबार धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघालाई राजिनामा पत्र बुझाएका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा ४ को अध्यक्षमा निवार्चित भएका थिए । २०७४ को निर्वाचनमा पनि उनी वडा सदस्यमा निवार्चित भएका थिए ।