देखिने, सुनिने र महसुस हुने काम गर्छु - टीकाराम लिम्बू

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन १७ गते ।

धराने मिडिया : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले सुनसरी १ बाट टीकाराम लिम्बू (माङ्लेन) लाई उमेदवारका रुपमा अघि सारेको छ । कानुनमा स्थानक र राजनीतिशास्त्रमा एमए गरेका ४१ वर्षिय लिम्बू अब्बल उमेदवारका रुपमा जनताले चर्चा गर्ने गरेकाछन् । लिम्बू भन्छन् यो निर्वाचनको दुइवटा महत्व छ । पहिलो, यो निर्वाचन उमेदवारहरुको छनौट मात्रै होइन नीति र विचारको छनौट हो । 

उनि भन्छन् नीतिले उदेश्य पुरा गर्न मार्गदर्शन बनाउछ । हाम्रो पार्टीले सपना बनाएको छ समृद्ध नेपाल र सुखी नेपाली । र यो सपना विचारले ल्याउछ, सोँचले ल्याउछ र दृटिकोणले तयार गर्छ । 

टीकाराम लिम्बू भन्छन् नीति र विचार नभएका पार्टीहरुलाई जनताले कसरी छान्लान् र ? । म त जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिमा काम गर्न उभिएको जनताको सेवक हुँ, । जनतासामु देखिने, सबैबीच सुनिने र मेरो क्षेत्रको जनताको मनमस्तिष्कमा महसुस हुने काम गरेर देखाउछु ।

Tika Limbu (2)

लिम्बूले भनेझै यो निर्वाचनलाई उमेदवारहरुकै छनौट मान्ने हो भने पनि नीति बनाउने, कानुन निर्माण गर्ने र विचार निर्माण गर्ने हो भने उनि उमेर, विज्ञता र कानुनका विद्यार्थीका हिसवाले छान्नै पर्ने उमेदवार हुन् । किन भने प्रतिनिधिसभाको काम नै नीति बनाउने हो, कानुन बनाउने हो र देशलाई समाजवादतर्फ अग्रसर गर्न आधार तयार गर्ने हो ।      

विचारको आलोकमा टिका माङ्लेन 

२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको राप्रपाका तर्फबाट उपाध्यक्षको उमेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो र अध्यक्षमा एमालेका उमेदवार थिए । निर्वाचनमा गठबन्धनका उमेदवारहरुले जितेको थियो । बुवाको चुनावी अभियानमा होमिएका १३ वर्षीय टीका माङ्लेनको मन भने एमालेको चुनाव चिह्न सूर्यले जितिसकेको थियो । एमाले नेता, कार्यकर्ताहरुको हार्दिकता र जनताप्रतिको सम्मानभावले टीकालाई प्रभाव परिसकेको थियो । 

पार्टी भनेको एमाले जस्तो हुनुपर्छ, नेता त एमालेको जस्तो हुनुपर्छ र चुनाव चिह्न चै सूर्य जस्तै हुनुपर्छ भन्ने गहिरो छाप टीकाको बालमनस्थितिमा परिसकेको थियो । त्यसबेला उनी गाउँकै सिनाम माध्यमिक विद्यालयमा पढ्दै थिए । २०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य बने । र, निरन्तर नेकपा (एमाले) को विचारमा जीवनपर्यन्त लागिरहने प्रण गरे ।

Tika Limbu

शिक्षा र विद्यार्थी राजनीतिमा टीका ः 

२०४१ साल भदौ २१ गते ताप्लेजुङ, साविक मामाङ्खे हाल श्रीजंघा गाउँपालिका वडा नम्बर ६ मा आमा सुनमाया लिम्बू (इधिङ्गो) र बुवा देउकुमार चार दाजुभाइमध्ये माइलो छोरा टीका श्रीमती– सीमा लिम्बू (साम्मेखाम) र छोरा अनुरो लिम्बूसहित हाल धरान १० सेवालुङ चोकका स्थायीबासी हुनुहुन्छ । राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी गरिसक्नुभएका टीका सिनाम माविबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्न थालेपछि क्याम्पसको क्लास कमिटीमा रहेर विद्यार्थी राजनीतिमा जोडिनुभयो । 

२०६० सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा पुन आइए अध्ययन थालेपछि क्याम्पसमा मर्निङसिफ्ट कमिटी सदस्य भएर काम थाल्नुभयो । २०६२ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित हुनुभयो । २०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो । २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर विद्यार्थी आन्दोलनमा स्थापित हुनुभयो । 

Tika Limbu (2)

पार्टी राजनीतिमा टिका ः

२०५४ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका टिकाले नेकपा (एमाले) को संगठित सदस्यता भने २०६४ सालमा मात्रै प्राप्त गर्नुभयो । सोही साल नेकपा एमाले, धरान १० नम्बर वडा कमिटीको सचिव भएर काम गर्नुभयो । २०६५ सालमा नेकपा (एमाले) धरान नगर कमिटी सदस्य र २०६८ सालमा नगर सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्नु भयो । 

२०७७ सालमा सुनसरी जिल्ला कमिटी सदस्य, २०७८ सालमा नेकपा (एमाले) सुनसरीको सातौं जिल्ला अधिवेशन र २०८१ सालमा भएको आठौं जिल्ला अधिवेशनबाट समेत सदस्य निर्वाचित भएर भूमिका निर्वाह गरिरहनुभएको छ । 

२०७२ को भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीले सञ्चालन गरेको अभियानमा स्वयम् सेवकका रुपमा जनताको कामसँगै २०७३ सालमा पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियान स्वयम् सेवकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

Tika Limbu

लोकतान्त्रिक आन्दोलन, हिरासत र यातना ः 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजनीतिक कु का विरुद्धको आन्दोलनमा विद्यार्थी नेताका रुपमा निरन्तर आन्दोलनको मोर्चामा रहँदा पटक पटक गिरफ्तार र राज्यको तर्फबाट यातना भोग्नुभएको छ । २०६२/०६३ सालको जनान्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । 

एमालेको भरोसा, जनताका आशा ः 

भर्खरै ४१ वर्ष टेकेका टीका नयाँ पुस्तालाई नेकपा (एमाले) ले भरोसा गरेको र जनताले आशा गरेको युवा उमेद्वार हुनुहुन्छ ।  चेतना आएदेखि वर्गीय राजनीति र समाज रुपान्तरणको अभियानमा जीवन अर्पण गरेर लागेका उर्जाशील युवा हुनुहुन्छ । 

संक्षिप्तमा टिकाराम लिम्बू (माङ्लेन)

जन्म– २०४१ भाद्र २१, ताप्लेजुङ, मामाङ्खे/ श्रीजंघा– ६

हाल– स्थायी, धरान १०, सेवालुङ चोक  

आमा– सुनमाया लिम्बू (इधिङ्गो)

बुवा– देउकुमार  लिम्बू

श्रीमती– सीमा लिम्बू (साम्मेखाम)

छोरा– अनुरो लिम्बू 

शिक्षा 

स्नातकोत्तर (राजनीति शास्त्र)

स्नातक (एलएलबी) 

विद्यार्र्थी राजनीति 

२०५६– सिनाम मावि ताप्लेजुङ (कक्षा ९) अनेरास्ववियु  

२०५८ – महेन्द्ररत्न क्याम्पस इलाम 

२०६० – महेन्द्र क्याम्पस धरान क्याम्पस कमिटी सदस्य

२०६२– सदस्य, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र क्याम्पस, धरान

२०६३– क्याम्पस कमिटी अध्यक्ष

२०६५– क्याम्पस कमिटी अध्यक्ष, दोस्रो कार्यकाल 

२०६७ – अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, सुनसरी 

०६९– अनेरास्ववियु, केन्द्रीय सदस्य

पार्टी राजनीति

२०६४– सङ्गठित सदस्य, नेकपा एमाले 

२०६४– वडा सचिव, नेकपा एमाले, धरान १०

२०६५– नगर सदस्य, नेकपा एमाले, धरान नगर कमिटी  

२०६८– सचिवालय सदस्य 

२०७७ – जिल्ला कमिटी सदस्य  

२०७८ – नेकपा एमाले सातौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य

२०८१ – नेकपा एमाले आठौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य

अभियान 

२०७२ – भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण अभियान (राष्ट्रिय स्वयम् सेवक)

२०७३ – मेची महाकाली अभियान (राष्ट्रिय स्वयम् सेवक)

सामाजिक आबद्धता

२०६३– लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय सदस्य, 

२०६४– किरात याक्थुङ चुम्लुङ, सदस्य

२०६७ – ताप्लेजुङ सुनसरी सरोकार समाज (आजीवन सदस्य)

२०७३ – नेपाल रेडक्रस सोसाइटी (आजीवन सदस्य)

हिरासत

२०६२/६३– जनान्दोलन