सुनसरी क्षेत्र न १ मा फागुन २२ गते सर्वदलिय बैंठक पछि मात्रै मतगणना हुने

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २२ गते ।

धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा  फागुन २२ गते सर्वदलिय/सर्वपक्षिय बैंठक पछि मात्रै मतगणना सुरु हुने भएको छ। 

सुनसरी क्षेत्र न १ को निर्वचन कार्यलयले फागुन २२ गते राति १ बजे सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। 

" प्रस्तुत विषयमा सुनसरी जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि मिति २०८२।११।२१ गते मतदान कार्य सम्पन्न भई मतदान अधिकृतहरुबाट मतपेटिकाहरु मेत बुझ्ने कार्य समाप्त भईसकेकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ( मतगणना ) निर्देशिका, २०८२ बमोजिम मतगणना कार्यका लागि उम्मेदवार/दलका प्रतिनिधिहरुसँग आवश्यक छलफल तथा अन्तर्क्रिया गरी मतगणनालाई सहज तथा पारदर्शी रुपमा गर्नका लागि मिति २०८२।११।२२ गते बिहान ९.०० बजे सर्वदलिय / सर्वपक्षिय बैंठक बस्ने व्यहोरा यसै • सूचनाद्वारा जानकारी गराइन्छ ।"

affsfmasfसुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।