सुनसरी-१ मा भारी अन्तरले अगाडि रास्वपाका सरिन तामाङ

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २२ गते ।

धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा पहिलो मतगणनाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उमेदवारको अग्रता देखिएको छ।

धरान उपमहानगरपालिकाको वडा न १ को कुल ९२४ मतगणना हुदाँ रास्वपाका उमेदवार गोमा तामाङ(सरिन)ले ४६१ मत प्राप्त गरेका छन। त्यस्तै श्रम संकृति पार्टिका उमेदवार हर्क राज राई(साम्पाङ) ले १५४ मत प्राप्त गरेका छन भने नेपाली काङ्ग्रेसका उमेदवार सुजेन्द्र गोले तामाङले १०७ मत पाएका छन। त्यस्तैगरि राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेदवार उद्वव श्रेष्ठले ९५, नेपाल कम्युनिष्ट पार्टिका उमेदवार सुर्य बहादुर भट्टराई(मनोज) ले ४१ र नेकपा एमालेका उमेदवार टिकाराम लिम्बुले २० मत प्राप्त गरेका छन।

मतगणना निर्वाचन अधिकृतको कार्यलय धरान ८ स्थित सभाहलमा भइरहेको छ। कुल ९२४ मतगणना हुदाँ ३७ मत बदर भएको छ भने सदर मत ८८७ रहेको छ। 

सुनसरी-१ मा फागुन २२ गते बिहान ९ बजे सर्वदलिय/सर्वपक्षिय बैंठकको निर्णय अनुसार बिहान ११ बजे देखि सुरु हुने भनिएको मतगणना दिउसो १ बजे देखि मात्र सुरु भएको थियो। 

सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।