सुनसरी-१ मा हर्क साम्पाङको ५१४५ मतको अग्रता

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २३ गते।

धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा धरान वडा न १० सम्मको मतगणनाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार श्रम संकृति पार्टिका उमेदवार हर्क राज राई(साम्पाङ) को अग्रता देखिएको छ।

सुनसरी १ को पछिल्लो मत परिणाम : वडा न १ देखि ११ सम्मको मत गणना सम्पन्न 

गणना भएको मत : ३११६८

सदर मत : २९७४६

बदर मत : १४२२

माटो : १४०३५

घण्टी : ८८९०

तारा : २२४२

सुर्य : १९४९

रुख : १४३९

हलो : ५३०

चिम : २३५

मतान्तर : ५१४५

मतगणना निर्वाचन अधिकृतको कार्यलय धरान ८ स्थित सभाहलमा भइरहेको छ। सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।