चौथो गोर्खा ट्रेलस्लेजर दौड प्रतियोगिता चैत १४ गते हुने

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २ गते।

धराने मिडिया : विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरानमा आयोजना गरिंदै आएको गोर्खा ट्रेलब्लेजरको चौथो संस्करण आउदो चेत्र १४ गते हुने भएको छ ।

प्रतियोगिता महिला र पुरुषतर्फ छुट्टाछुट्टै हुने छ। प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमस नगद २० हजार मेडल प्रमाण पत्र, नगद १० हजार,प्रमाण पत्र र ५ हजार मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् ।

भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तेस्रो गोर्खा ट्रेलब्लेजरको प्रतियोगितामा करिब ७०० धावकहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।