इजरायल–अमेरिका र इरान युद्ध, होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत ६ गते।

धराने मिडिया : इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ ।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा उनी पनि परेका हुन् ।