हर्क साम्पाङले गरे आफ्नो चुनावी खर्च विवरण सार्वजनिक, स्टिकरमा २ लाख माथि

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत ९ गते।

धराने मिडिया : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्बजनिक गरेका छन्। सुनसरी १ बाट निर्वाचित साम्पाङले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन्।

साम्पाङले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले कुल ८ लाख २ हजार ५२० रुपैयाँ खर्च गरेका छन्। उनले सार्वजनिक गरेको खर्च विवरण अनुसार यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज तथा साउण्ड सिस्टममा १ लाख, अन्य खर्चमा ९६ हजार, पर्चा–पम्प्लेटमा ६५ हजार ५२० र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निर्धारित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।