सचेतकको सुविधा नपाउने भएपछि हर्क साम्पाङ सामाजिक संजालबाट आक्रोशित

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत १० गते।

धराने मिडिया : श्रम संस्कृति पार्टीले सचेतक राज्यबाट सुविधा नपाउने भएपछि अध्यक्ष हर्क राज राई(साम्पाङ) आक्रोशित भएका छन । उनले सामाजिक संजाल फेसबुकबाट आक्रोश व्यक्त गरेका थिए ।

उनि लेख्छन," राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुबिधा नदिने हो भने मन्त्रीहरुले पनि सुबिधा नलिनु होला ! सुरक्षाकर्मी पनि नलिनु ! आफै हिँड्नु ! काम छैन !"

यसैगरि भोलि पल्ट पुनः उनि लेख्छन, "राज्यको सेवा सुबिधामा विभेद हुनु हुँदैन है ! नत्र कसैले पनि नलिनु राम्रो ! कसैले लिने कसैलाई नदिने गर्नु हुन्न!"

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट श्रम संस्कृतिले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको थियो। पार्टीले राष्ट्रिय दलको मान्यता पाएपनि पार्टीका प्रमुख सचेतकले भने सरकारले दिने सुविधा लिन नपाउने भएको छ। 

संघीय संसद सचिवालयका अनुसार कुनै पनि पार्टीका प्रमुख सचेतकले संसदबाट सुविधा लिन कम्तिमा १० जना सांसद हुनुपर्छ।

Screenshot 2026-03-24 191614Screenshot 2026-03-24 191651