‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’ चैत १४ मा
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १३ गते।
धराने मिडिया : गोर्खा सेमेट्रीज ट्रस्ट नेपालको आयोजनामा धरानमा ‘चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता’ चैत १४ गते शनिबार हुने भएको छ। संस्थाले चैत १२ गते पत्रकार सम्मेलन गर्दै चैत १४ गते शनिबार बिहान दौड हुने जानकारी दिएको हो ।
सम्मेलनमा विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरानमा आयोजना गरिंदै आएको संस्थाका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिएका थिए।
प्रतियोगितामा करिब ६०० जना धावकहरूले सहभागिता रहेको र ९ किलोमिटर लामो यो दौड रत्न चोकबाट विहान ७ः०० बजेबाट सुरु भई धरान २० नं. वडाको विष्णुपादुका भञ्ज्याङमा पुगेर समापन हुनेछ ।
दौड प्रतियोगिताको खुल्ला तर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छ भने भेट्रन तर्फ प्रथमले ५ हजार , दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार नगद, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।




















