चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता धरानमा सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत १५ गते।

धराने मिडिया : गोर्खा सिमेट्रीज ट्रष्ट नेपाल धरानको आयोजनामा आयोजित चौथो गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र १८ नम्बर वडाका अध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’ले गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले उपाधि जितेका छन्।

पुर्खा दिवसको अवसरमा शनिबार धरानमा सम्पन्न दौड प्रतियोगितामा पुरुषतर्फका विजेता थापाले ८ किलोमिटरको निर्धारित दुरी २५.५१ मिनेटमा पुरा गरे । यस्तै, २५.५३ मिनेटमा दुरी पार गरेका विकास भुजेल दोस्रो र २५.५४ मिनेटमा दुरी पार गरेका अमिर लिम्बू तेस्रो भए ।

WhatsApp Image 2026-03-29 at 5.13.09 PM (1)

यसैगरि महिलातर्फ निर्धारित दुरी ३०.४६ मिनेटमा पुरा गर्दै तामाङ प्रथम हुँदा ३०.५४ मिनेटमा दुरी पुरा गर्ने पुष्पा शेर्मा दोस्रो र ३०.५५ मिनेटमा पुरा गरेकी दिपा बस्नेत तेस्रो भइन् ।

पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै उपाधि जिते। विजयकुमार राई ३१ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा विमान राई ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद, मेडल र प्रमाणपत्र दिइएको थियो भने भेट्रानतर्फका विजेताहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार नगद, मेडल र प्रमाणपत्र हात परेका छन् । 

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, भोजपुर र धनकुटा लगायतका जिल्लाहरूबाट ६ सयभन्दा बढी धावक–धाविकाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।