डिपी अर्याल सभामुखमा निश्चित

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २१ गते।

धराने मिडिया : प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको हो ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

डोलप्रसाद अर्याल एक नेपाली राजनीतिज्ञ हुन्, जो वि.सं. २०७९ माघमा २० दिनका लागि प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए।