यमुना नदीमा डुंगा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत २९ गते।
धराने मिडिया : भारतको उत्तरप्रदेशस्थित वृन्दावनको केशी घाट नजिकै यमुना नदीमा डुंगा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २२ जनालाई सकुशल उद्धार गरिएको छ।
प्रहरी र स्थानीय प्रशासनका अनुसार डुंगामा करिब २५ श्रद्धालु सवार थिए। दुर्घटनापछि उद्धार टोली र गोताखोरहरू तुरुन्तै परिचालन गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।
दुर्घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।
यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि इलाहाबाद त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ, जहा प्रत्येक १२-१२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ ।




















