चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी निरीक्षक तामाङ घोषित

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८३ वैशाख  ५ गते।

धराने मिडिया : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर, झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर एरियामा लागू औषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरी चैत्र महिनाभरी लागू औषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरी उनीहरूको साथबाट जम्मा ३४६ ग्राम ५७ मिलिग्राम लागू औषध ब्राउन सुगर, नगद ३ लाख रुपैया सहित बरामद गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको, भन्सार छलीका १० लाख ४७ हजार बरावरको बिभिन्न अवैध सामानहरु बरामद गरेको, विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको,  Gen-Z आन्दोलनको क्रममा पूर्ण रूपमा क्षति ग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर, विद्युतिय सामाग्री व्यवस्थापन तथा मेची बिटको पुनः स्थापनाको निम्ति स्थानीय निकाय, विभिन्न संघ–संस्था तथा स्थानीयबासिहरु सँग समन्वयात्मक भूमिका निर्वाह गरेको, प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्तिको लागी नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माण तथा जग्गा प्राप्तिको लागी निरन्तर पहल गरिरहेको साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आम नागरिकमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।