सरकारी कर्मचारीले १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख  ०७ गते।

धराने मिडिया : सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५-१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । गत शुक्रबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ।

हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ।

लागू भए के फाइदा?

-कर्मचारीले खर्च व्यवस्थापन राम्रोसँग गर्न सक्छन्

-ऋण वा सापटीमा निर्भरता घट्न सक्छ

-आर्थिक चक्र (cash flow) सुधार हुन सक्छ

talab-725x768